काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि ८ गतेसम्म खुलाएको प्रारम्भिक शेयर निष्कासन आईपीओको बाँडफाँड भएको छ ।

एक सय अङ्कित दरका ५६ लाख ७० हजार कित्ता शेयरकोे बाँडफाँड तथा निष्कासन बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा सम्पन्न भएको हो ।

कम्पनीको  प्रारम्भिक शेयर निष्कासनमा पाँच लाख ८९ हजार चार सय ६४ आवेदकबाट दुई करोड २९ लाख २६ हजार १० कित्ता शेयरको लागि आवेदन परेको थियो । तीमध्ये एक हजार नौ सय ५५ आवेदककाे ७१ हजार पाँच  सय ९० कित्ता शेयरकोे आवेदन रद्द भएका छन् । 

पाँच लाख ८७ हजार पाँच सय नौ योग्य आवेदकमध्ये गोलाप्रथाको आधारमा बाँडफाँड गर्दा पाँच लाख ६७ हजार आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । अब ६३ लाख कित्ता शेयरमा पाँच लाख ६७ हजार दुई सय ४३  शेयरधनी कायम भएका छन् ।