मौसम: तराई र काठमाडौं उपत्यकामा हुस्सु, सतर्कता अपनाउन अनुरोध
खबर एक्सप्रेस
२०८१-०८-२६ ०७:२४ मा प्रकाशित
Total Shares: 24
काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ ।
बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक प्रभाव पर्नसक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
फेसबुक पेज Like गर्नुहोस