काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट पारित निर्णयहरू आज सार्वजनिक गरिँदै छ । पार्टीले आज अपराह्न ३ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी बैठकका निर्णय सार्वजनिक गर्न लागेको हो ।
गत साउन २४ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक सोमबार सम्पन्न भएको थियो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति तथा संगठनसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो।
बैठकका क्रममा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पार्टीको राजनीतिक दिशा, समसामयिक राष्ट्रिय परिस्थिति तथा संगठनात्मक विषयमा विभिन्न धारणा र सुझाव प्रस्तुत गरेका थिए।
बैठकको समापनका क्रममा सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक विषयवस्तुका साथै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाबारे स्पष्ट धारणा राखेका थिए।

.gif)


