सिंहदरबारमा सुरु भयाे एमाले कार्यदलकाे बैठक, सहमतिको मस्यौदा तयार
काठमाडौं - नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलको बैठक सिंहदरबारस्थित अर्थमन्त्रालयमा सुरु भएको छ ।
वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु एक घण्टा ढिलागरी बैठकस्थलमा आइपुगेपछि बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु भने अगाडि नै बैठकस्थल पुगिसकेका थिए । आजको बैठकले एकताको घोषणा गर्ने बताइएको छ । १० सदस्यीय कार्यदलले पार्टी एकताका लागि नाै बुँदे सहमतिको मस्यौदा तयार पारेको छ।
कार्यदलले शनिबार नै एकता घोषणा गर्ने बताएको थियो तर, केही प्राविधिक विषयमा छलफल गर्नुपर्ने भएकाले थप छलफल गरेर आइतबार एकता घोषणा हुने नेताहरुले बताएका थिए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल अदालतको फैसलाअनुसार अघि बढ्ने, २ जेठ २०७५ कै अवस्थाबाट पार्टी र जनवर्गीय संगठन सञ्चालन, एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेतालाई पार्टीमा सम्मानसाथ जिम्मेवारी दिइने विषयमा सहमत छन् । तर, केन्द्रीय कमिटी संख्यामा भने अझै विवाद मिल्न नसकेको स्रोतको दाबी छ ।
फेसबुक पेज Like गर्नुहोस