काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री आइसोलेसनमा नभएको बताएका छन् ।

बालुवाटार बैठकमा सहभागी नेताहरुमा कोरोना संक्रमण देखिएपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका छन् । तर, आइसोलेसनमा नरहेको प्रेससल्लाहकार थापालेले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले यो विषयलाई खण्डन गर्दै मिडियाले भ्रम प्रचार गरेको भन्दै उनले प्रधानमन्त्रीविरुद्ध नियोजित गरिएको बताएका  छन्।