काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले घटेको सुन बिहिबार प्रतितोलामा दुई हजार ४ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी प्रतितोलामा ८५ रुपैयाँले बढेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)


