नागरिकता विधेयकलाई अन्तिम रुप दिने जिम्मेवारी शीर्ष नेताको काँधमा
काठमाडौं - नागरिकता विधेयकलाई अन्तिम रुप दिन शनिबार बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठक स्थगित भएको छ । आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसदले विधेयकमा फरक प्रस्ताव ल्याएपछि बैठक स्थगित भएको हो । नेपाली कांग्रेसका सांसदले अंगीकृत नागरिकतामा राखिएका प्रावधानबारे असहमति जनाएका थिए । उनीहरुले नागरिकता ऐन २०६३ अनुसारकै प्रावधान राखिनु पर्ने अडान राखेका थिए ।
कांग्रेस सांसदले फरक मत राखेपछि समिति सभापति शशी श्रेष्ठले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरेर मात्रै यो विषय टुंगो लगाउने बताइन्।
कांग्रेसका ६ जना सांसदले लिखित असहमति पेश गरेका हुन्। राजपा सांसद राजकशिोर यादव, संघीय समाजवादीका सांसद राहसहायप्रसाद यादव, मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि असहमति पेश गरेका छन्।
नागरिकताको विषयमा पार्टीको धारणा बनाउन राज्य व्यवस्था समितिमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको सहभागितामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शुक्रबार साँझ पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस