काठमाडौं - लामो दुरीका सार्वजनिक यातायात सेवा चैत १० गतेबाट अनिश्चितकालका लागि बन्द हुने भएको छ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त जानकारी दिएका हुन्।

'आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपारभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाइएको छ,' प्रधानमन्त्री ओलीले भने।