राष्ट्र वैंकद्धारा सहुलियतपूर्ण कर्जाको प्रभावकारिताबारे अध्ययन शुरु
काठमाडौं - सरकारले कृषि क्षेत्रको लागि लक्षित गर्दै लागू गरेको सहुलियतपूर्ण कर्जा वितरण सम्वन्धि प्रावधान राम्रोसंग लागू नभएको कुरा पटक पटक उठेपछि नेपाल राष्ट्र बैंकले त्यसबारेमा वृहतरुपमा अध्ययन शुरु गरेको छ ।
केही दिन अघि अर्थमन्त्रालयमा बसेको वित्तीय समन्वय समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले गभर्नर महाप्रसाद अधिकारीलाई त्यसबारेमा विस्तृतरुपमा अध्ययन गरेर रिपोर्ट तयार गर्न निर्देशन दिएका थिए । त्यसलगत्तै राष्ट्र वैंकले सहुलियतपूर्ण कर्जाको प्रभावकारिता र कार्यान्वयनको अवस्थाबारे अध्ययन शुरु गरेको हो ।
स्रोतका अनुसार राष्ट्र बैंकले सरकारले लागू गरेको कोरोनाबाट प्रभवित भएका निजीक्षेत्रको उत्थानका लागि व्यवसाय निरन्तरता कर्जा कार्यक्रमको प्रभावकारिताको बारेमा पनि अध्ययन शुरु गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस