काठमाडौं - जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले विगतमा भएका विभिन्न राष्ट्रघाती सम्धी र सम्झौता गर्ने राजनीतिक दल र नेताहरुले जनता सामु माफी माग्नु पर्ने बताएका छन् । 

यस अघि भारतसंग भएका सुगौली सन्धीलाई माथ गर्ने गरी गरिएको राष्ट्रघाती सन्धीमा भुमिका खेल्नेहरुले माफि माग्नु पर्ने उनको माग छ । शनिबार संसदमा बोल्दै नेता यादवले राष्ट्रवादी देखिन दोहोरो कुरा गरेर हिड्ने प्रवृत्ति रोकिनु पर्ने उनको भनाई छ ।

उनले शुक्रवार आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा आएर सत्तारुढ पार्टीका कार्यकर्ताले गरेको व्यवहार उचीत नभएको भन्दै आफ्नो राष्ट्रियतामाथि पटकपटक प्रश्न नउठाउन अनुरोध गरे ।

यादवलले भारतसँग यसअघि नै वार्ता गर्ने भनेर पटकपटक भएका ससहमतिहरू कार्यन्वयन नहुनुको कारण समेत उनले माग गरेका थिए ।  यादवले पहिले संविधान संसोधन विधेयक टेबल गरेर पछि प्रमाण खोज्न विज्ञ टोली गर्ने बाटो उल्टो भएको भन्दै प्रधानमन्त्रीलाई कहाँ पुगिन्छ भनेर प्रश्न गरे ।

साथै उनले उक्त विज्ञ टोली समावेशी नभएको भन्दै असन्तुष्टी व्यक्त गरे । र उनले भने आफ्नो पार्टी राष्ट्रियताको सवालमा एक ठाउँमा भएको भन्दै संविधान संसोधनको पक्षमा रहेको जानकारी गराए ।