काठमाडौं  - नेपालगञ्ज स्कुल पढ्ने बालिकालाई ट्रकले ठक्कर दिएपछि बाँकेको कोहलपुरमा भएको झडप नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने तयारी गरेको छ ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले झडपको अवस्था विद्यमान रहेकाले शान्ति सुरक्षाका लागि निषेधाज्ञा वा कर्फ्यु लगाउने तयारी भइरहेको बताए । 

यसैबीच प्रहरीले भने दिउँसो ३ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको माइकिङ गरेको छ । निषेधाज्ञाको सुचना जारी गरे पनि भिड भने तितरवितर भएको र्छैन् । 

घाइते बालिकालाई नेपाली सेनाको हेलिकोप्टरले उपचारका लागि काठमाडौं लगेको छ ।