काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले चौतर्फी रुपमा सरकार ढाल्ने प्रयास भएको र त्यसलाई रोक्न सबै नागरिक प्रतिकारमा उत्रिने समय आएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार ढाल्ने प्रयास रोक्नुपर्ने बताएका हुन् । 

पोखरेलले के सही र के गलत भन्ने विषयमा आम नागरिक सचेत रहेको भन्दै हरेक क्षेत्रमा देखिएको गलत प्रवृतिविरुद्ध एकजुट हुनुपर्ने समय आएको बताएका हुन् ।

निर्वाचनिमार्फत् जनताले नै यो सरकार बनाएका भन्दै पोखरेलले यो सरकार ढाल्ने काम भएमा मुलुक तथा नागरिकका लागि दुर्भाग्य भएको उनले बताएका छन् । 

आगामी निर्वाचानमार्फत् नै सरकारले गरेका काम तथा कमजोरीको हिसाबकिताब हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले जनतामा निराशा फैलाउने तथा मुलुकमा राजनीतिलाई अस्थिरतामा नै कायम राख्ने प्रयास भइरहेको बताए ।