धरान - धरान उपमहानगरपालिकाको मेयरको लागि उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् ।

कांग्रेसका उम्मेदवार तिलक २६ हजार ७०९ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईले २३ हजार ९१४ मत पाए ।

 धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो ।