काठमाडौं - संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकबारे टुंगो लगाउन सरकारलाई पाँच दिनको समय दिएको छ ।

बुधबार बसेको समिति बैठकले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको थियो ।

बादलले सहमतिका लागि समय मागेपछि पाँच दिनभित्र सहमती जुटाउन समिति सभापति शशी श्रेष्ठले समय दिएकी हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यसलाई समर्थन गरेको छ तर कांग्रेसले विरोध गरेको छ ।