कपिलवस्तु - कपिलवस्तुको कृष्णनगरमा प्रहरीले चलाएको गोली लागि एकको मृत्यु भएको छ। कर्फ्यूपछि लगाएपनि झडप बढेपछि प्रहरीले गोली चलाउँदा कृष्णनगर नगरपालिका मडाहा गाउँका सुरजकुमार पाण्डेको मृत्यु भएको अल नेपाल मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष सेराज फारुकीले जानकारी दिएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने मृत्यु भएको पुष्टि गरेनन्। बुधबार साँझ लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अहिले कृष्णनगरमा कर्फ्यु जारी गरेको छ।

मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु र मुसलमानबीच झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले तनाव नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरेको थियो।