काठमाडौं -  नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कोषले चैत मसान्तसम्ममा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड १७ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कोषले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा ७ अर्ब २४ करोड रुपैयाँ रहेको छ। कोषले चैत मसान्तसम्ममा ६० करोड रुपैयाँ नेपाल सरकारको ऋणपत्रमा, ८५ अर्ब १४ करोड रुपैयाँ मुद्दति निक्षेपमा र ८७ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ। कोषले चैत मसान्तसम्ममा ५ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ।