काठमाडौं - सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै तीन कम्पनीलाई फरक–फरक अवधिका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कार्यालयका अनुसार स्पेक्स नेपाल प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै जेडिएम आर बिल्डर्सलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।