निशुल्क पिपिई उपलब्ध गराउँदै राष्ट्रिय आविष्कार केन्द्र
काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रले एम्बुलेन्स चालकहरूलाई निशुल्क पिपिई उपलब्ध गराउने भएको छ । केन्द्रका अध्यक्ष महावीर पुनले दिएको जानकारी अनुसार एम्बुलेन्स चालकहरूले पिपिई अभावमा बिरामी बोक्न नमानेपछि पिपिई निशुल्क उपलब्ध गराउन लागिएको हो ।
यसको लागि आविष्कार केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लाइसेन्ससहित जानुपर्ने पुनले बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘काठमाडौंमा हुनुभएका एम्बुलेन्स चालकहरूले लाइसेन्ससहित एम्बुलेन्स नै लिएर आविष्कार केन्द्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा आउनुहोला ।’
साथै उनले उपत्यकाबाहेक अन्य जिल्लाका एम्बुलेन्स चालकलाई अहिले पिपिई उपलब्ध गराउन नसक्ने भन्दै क्षमा मागेका छन् ।
फेसबुक पेज Like गर्नुहोस