देशभर मनसुनी वायुको प्रभाव, हल्कादेखि मध्यम वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०८१-०६-१४ ०७:१७ मा प्रकाशित
Total Shares: 49
काठमाडौं - देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राती कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस