काठमाडौं,एजेन्सी - सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफले मध्यपूर्वमा युद्धविराम गरेर त्यहाँका बालबालिकाको सुरक्षा गर्न आग्रह गरेको छ। मध्यपूर्वमा जारी रहेको हिंसाका क्रममा त्यहाँका लाखौँ बालबालिका असुरिक्षत भएका र उनीहरुको अवस्था नाजुक भएको भन्दै सो आग्रह गरेको हो ।

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोष, युनिसेफका प्रमुखले सो आग्रह गरका छन् । गाजामा जारी रहेको हिंसाले अवस्था दिन प्रतिदिन गम्भीर भएको उनले बताए । त्यसैले सो क्षेत्रमा युद्धविराम गर्न र शान्तिपूर्ण रुपमा यहाँको समस्याको समाधान खोज्नका लागि उनले आग्रह गरेको जनाइएको छ ।

सयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी कोषका कार्यकारी निर्देशक हानरिता फोरले यो हिंसाले यहाँका परिवारहरु मारिएका र घरबारबिहीन भएका जसका कारण यहाँका नागरिकमा परेको समस्याको असर बालबालिकामा परेको बताए । 

युद्धग्रसत रहेको क्षेत्र गाजाबाट कम्तीमा पनि ३० हजार जना बालबालिका विस्थापित भएका बताइएको छ । प्यालेस्टाइनीहरुको अधिनमा रहेको सो क्षेत्रका ठूलो संख्याका बालबालिका समस्यामा परेको सो कोषको भनाई छ ।

साथै गाजा क्षेत्रमा बढ्दो हिंसाका कारण यहाँका कम्तीमा दश लाख बालबालिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा युद्धको असर परिरहेको पनि उनले बताए । सो क्षेत्रमा बालबालिकासहित सबै नागरिकका लागि आवश्यक मानवीय सहायता पनि पुग्न नसकेको सयुक्त राष्ट्रसंघीय सो निकायले बताएको छ ।