काठमाडौं - बालिका अपहरणको आरोपमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना कार्यकर्ता पक्राउ परेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ की १४ वर्षीया करिना मोक्तानलाई अपहरण गरेको आरोपमा उनीहरुलाई उदयपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालिकाको पनि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बालिका बुधबार अपहरमा परेकी थिइन् । 

मोक्तान परिवारले आफ्नो छोरीलाई विप्लव समूहले जबर्जस्ती साथमा लिएर गएको भन्दै खबर गरेपछि उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भएको थियो । प्रहरीले उद्धारका क्रममा उनीहरूको साथबाट केही हतियार पनि बरामद गरेको छ ।