काठमाडौं - गत फेब्रुअरीमा नेपालबाट अष्ट्रेलिया पुगेका एक विद्यार्थीलाई कारोना भाइरस (कोभिड–१९) लागेको छ । फेब्रुअरी २६ मा सिंगापुर ट्रान्जिट हुँदै अष्ट्रेलिया पुगेका उनलाई कोरोना भाइरस लागेको पुष्टि भएको हो ।

२० वर्षीय विद्यार्थीको पूर्ण परिचय भने खुलाइएको छैन । उक्त विद्यार्थी होवर्ट होटेलमा काम गर्दै आएको अष्ट्रेलियन सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख छ । 

कोरोनाको आशंकामा उनको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य रिपोर्ट नआउन्जेलसम्म उनलाई स्व। क्वारेन्टाइनमा बस्न सुझाव दिइएको थियो । तर, शनिबार रिपोर्ट आउँदो उनलाई कोरोना लागेको पुष्टि भएको हो । 

उनलाई कारोना भएको पुष्टि भएसँगै सो होटेलका अन्य कर्मचारीको पनि कोरोना परिक्षण हुने भएको छ ।

हाल उक्त विद्यार्थीलाई रोयल होबर्ट अस्पतालको आइसोलेसनमा राखिएको छ । यद्यपी उनको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको स्वास्थ्य विभागले बताएको छ ।