काठमाडौं - सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव नियुक्त गरेको हो ।

गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो।

त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गडतौलालाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिइएको थियो।