डोटीको क्वारेन्टाइनमा १९ वर्षे युवाको मृत्यु
काठमाडौं - डोटीको के.आई.सिंह गाउँपालिका वडा–मा रहेको क्वारेनटाइनमा बसेका १९ वर्षीय युवकको आज विहान मृत्यु भएको छ। उनी सात दिनअघि भारतबाट घर आएका थिए । उनको आइतबार बिहान ३ बजेतिर मृत्यु भएको हो।
स्रोतका अनुसार शनिबार साँझ स्वास्थ्यमा असहज भएको भन्ने खबर आएपनि पानी परेका कारण बाटो अवरुद्ध हुँदा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा पुगन सकेका थिएनन् ।
मृतक युवामा मुटु रोग र टिबी रोगको समस्या रहेको आफूले मृतकको परिवारबाट जानकारी पाएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । मृतको स्वाव आज गाउँपालिकाकै स्वास्थ्यकर्मीको टिमले संकलन गर्ने जनाइएको छ ।
स्वाव संकलन पछि गाडीमा धनगढी ल्याइने र उनको रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने अध्यक्ष शाहीले बताए।
फेसबुक पेज Like गर्नुहोस