काठमाडौं - स्वास्थ्य सामग्री लिएर चीनबाट नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ ।

बिहिबार मध्यरातमा चीनको ग्वाङ्झाओ गएको वाइडबडी स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जहाजमा चौधरी फाउन्डेसन, नर्भिक अस्पतालको सामान रहेको स्रोतले जनाएको छ । सो हवाईजहाज निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर्ड गरेर चीन लगेका थिए ।

यसअघि नेपाल सरकारको मेडिकल सामग्री नेपाल एयरलाइन्सकै वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको थियो ।