काठमाडौं - बलिउड अभिनेता अक्षय कुमारको ‘मिशन मंगल’को कमाइले उनलाई नयाँ उचाईमा पुर्याएको छ । मिशन मंगलको सफलतासँगै उनी हिरो भएको फिल्मले पहिलो पटक दुई सय करोड कमाउने रेकर्ड बनाएको छ । सो फिल्मले रिलिजको चौथों हप्तामा बक्स अफिसमा दुई सय करोड कमाउने रेकर्ड दर्ता गराएको भारतीय संचार माध्यमले जनाएका छन् । 

यसअघि उनको १२ वटा फिल्मले सय करोडभन्दा बढी कमाउने रेकर्ड बनाइसकेका थिए । ट्वाइलेट एक प्रेम कथा, राउडी राठौर, एयर लिफ्टलगायत फिल्मले सय करोडभन्दा बढी आम्दानी गरेको थियो ।

दुई सय करोड कमाउने मिशन मंगल चौथो फिल्म हो । यसअघि कवीर सिंह, भारत, उरी स् द सर्जिकल स्ट्राइकले दुई सय करोडको व्यापार गरिसकेको छ ।