मौसम: आज चट्याङ र भारी वर्षाको सम्भावना, होसियारी अपनाउन आग्रह
काठमाडौं - आज (बुधबार) देशका विभिन्न स्थानमा चट्याङ तथा भारी वर्षाको हुने सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
भारी वर्षाका कारण मध्य र पूर्वी क्षेत्रमा पहिरोरभूक्षयसमेत हुने जोखिम रहेकाले यातायात अवरुद्ध हुने सम्भावना देखिएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
महाशाखाले बुधबार बिहान जारी गरेको २४ घण्टे चेतावनी तथा परामर्शमा भनिएको छ– देशको केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिन्छ। मध्य र पूर्वी नेपालका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ । जसले गर्दा सडक यातायातमा पहिरोरभू-क्षयका कारण अवरोध आउन सक्छ। तसर्थ यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिन्छ।-
फेसबुक पेज Like गर्नुहोस