काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बुधबार बस्दैछ ।

प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पुष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्त्वपूर्ण घट्नाक्रम भएपनि नेकपाले पार्टी कमिटिमा छलफल गर्न सकेको थिएन । जसले गर्दा नेकपामा असन्तुष्टि बढ्दै गएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, सरकार र पार्टी संचालनको समिक्षा, नागरिकता विधेयक लगायतका विषय मोटामोटी  छलफलका विषय बन्ने सदस्यहरुको भनाइ छ ।

पार्टीमा निकै विवादित बनेको विषय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरुबीच सहमति हुन सकेको छैन ।