काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजको बहस जारी छ । 

अहिले नेपाल बार एसोसिएसनका पूर्वमहासचिव एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरिरहेका छन् । उनले निवेदक पक्षबाट बहस गरेका हुन् । 

श्रेष्ठले राष्ट्रपतिको अधिकारमाथि प्रश्न उठाएका छन् । राजालाई समेत नभएको अधिकार राष्ट्रपतिलाई कसरी भयो भन्दै अदालतमा प्रश्न गरे । 

२०४७ सालको संविधानमा राजाका विषयमा अदालतमा प्रश्न उठाउन नपाउने व्यवस्था भएको बताउँदै उनले अन्तरिम संविधानदेखि त्यो अधिकारसमेत खोसिएको बताए । 

उनले तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटुवाल प्रकरणमा राष्ट्रपति रामवरण यादवमाथि प्रश्न उठिसकेकाले अहिले अदालतले प्रश्न उठाउन नपाइने तर्क गर्दै भने, ‘अदालतले हेर्न र रिभ्यु गर्न सक्दैन भन्न मिल्दैन, राजालाई नभएको अधिकार राष्ट्रपतिले कसरी छ भन्न पाउनु हुन्छ ? अहिले २०४७ सालको संविधान पनि छैन।’