काठमाडौें, विराटनगर - विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट २० वर्षिय बन्दीको मृत्यु भएको छ । जिल्ला कारागार, मोरङमा रहेका उनको कोशी अस्पतालमा शुक्रबार बिहान १० बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बिहिबार बिहान अस्पताल भर्ना गरिएको थियो । भर्ना भएलगत्तै गरिएको कोरोना परिक्षण बेलुका रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारको क्रममा शुक्रबार बिहान १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रहरीका अनुसार ती युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेका थिए ।