कोरोनाका कारण बेलायतमा भूतपूर्व गोर्खा सैनिकको मृत्यु
खबर एक्सप्रेस
२०७६-१२-०९ ०७:३६ मा प्रकाशित
Total Shares: 443
काठमाडौं - कोभिड १९ को संक्रमणबाट लन्डनमा एक जना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ ।
संखुवासभा खाँदबारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मंगलवार मृत्यु भएको हो ।
संखुवासभा समाज बेलायतका अध्यक्ष नैनसिंह गुरुङका अनुसार लन्डनस्थित नर्थविक पार्क अस्पतालले फोनमार्फत कोभिड–१९ का कारण राईको मृत्यु भएको जानकारी गराएको छ ।
अस्पतालले परिवारका सबै सदस्यलाई १४ दिनसम्म आइसोलेसनमा बस्न पनि भनेको छ । यसबारे लिखित रिपोर्ट भने अस्पतालले सोमवार मात्र दिने भएको छ ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस