उदयपुरमा थप ८ जनामा पनि कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो
काठमाडौं - उदयपुरमा थप ८ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ जनामा गरिएको परीक्षणमा कोरोना देखिएको हो ।
आजै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परीक्षणमा पनि उदयपुरका ३३ वर्षिय पुरुषमामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षण गर्दा थप ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा हालसम्म ४० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन् भने बाँकी संक्रमित उपचाररत छन् ।
फेसबुक पेज Like गर्नुहोस