काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको १३२औं बैठकले आर्थिकवर्ष २०७४/७५ सम्मको मुनाफाबाट आर्थिक वर्ष २०७४/७५को लागि शेयर धनीहरुलाई हाल कायम चुक्ता पुँजीको १२.५ प्रतिशत बोनश शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि नगद लाभांश समेत दिने प्रस्ताव गरेको हो ।

कम्पनीले २५ करोड ९ लाख ९२ हजार ४२२ रुपैयाँबोनस शेयर र सो बोनश शेयरको कर प्रयोजनको लागि १करोड ३२ लाख १० हजार १२८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्ने बताइएको छ ।