काठमाडौं - भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्।
आइतबार साँझ नयाँ दिल्लीस्थित ताज होटलमा प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो।
दुई दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री शाह आइतबार नयाँ दिल्ली पुगेका हुन्।
भ्रमणका क्रममा उनले भारतका उच्चपदस्थ अधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।

.gif)


