सिराहा - अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले पाँच लाख घुस सहित मालपोत कार्यालय सिराहाका प्रमुखलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले शुक्रबार कार्यालयका प्रमुख रामबाबु मण्डललाई घुस लिदैँ गरेको अवस्थामा पक्राउ गरेको हो । 

मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन् । उनलाई कार्यालय भित्रैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।