काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलाको ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन तोलाको ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)


