वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ, २२ लाख बरामद
खबर एक्सप्रेस
२०७६-१०-१३ ११:०० मा प्रकाशित
Total Shares: 478
कैलाली - धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–३ बाट आइतबार राती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका १६ जुवाडे पक्राउ गरिएको पुष्टि गरेका छन् ।उनीहरुको साथबाट तत्काल २२ लाख ८२ हजार बढि नगद पनि बरामद गरिएको छ ।
केही व्यक्ति पक्राउ गर्न बाँकी रहेकाले त्यसपछि मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस