काठमाडौं - कपिलवस्तु–३ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको कुटपिट घटनामा संलग्न रहेको जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घटनासम्बन्धी उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको छ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्मामाथि भएको सामूहिक आक्रमणमा सांसद शाहको संलग्नता रहेको आरोप लागेपछि उनीविरुद्ध कारबाहीको माग गर्दै चौतर्फी दबाब बढेको थियो ।
त्यसपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको छ।

.gif)



