काठमाडौँ - अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ५० पुगेको छ ।  

बाढीपहिरोमा परेर २५ जना घाइते भएका छन् भने ३५ जना अझै बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ५० जनाको मृत्यु भएको पुष्टि भएको छ । हालसम्म एक हजार १०४ जनाको उद्दार गरिसकिएको प्रहरीले जनाएको छ ।