काठमाडौं - सरकारले कर्मचारी तथा अन्य निकायका पदाधिकारीहरूले लिँदै आएको सबै खालका भत्ता खारेज गरेको छ ।

बिहीबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती गरिएको बताएका हुन् । सवारीसाधन मर्मत, खरिद तथा इन्धन पनि कटौती गरिएको छ ।

त्यस्तैगरी आन्तरिक र वैदेशिक भ्रमणमा पनि पूर्ण रोक लगाइएको छ ।