काठमाडौं - वसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व शुरू भएको छ। आज बिहान ७ बजे ५७ मिनेटको साइतमा वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएको हो।
प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रंगका कपडाका ध्वजापतकासहित सजाईएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व शुरू भएको मानिन्छ ।
तीन तले यो चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ। चीर ठड्याइएसँगै स्थानीयहरूले हर्ष–बढाईँका साथ अबिर दलेर खुसी मनाएका छन्।
यस वर्षको होली काठमाडौंलगायत पहाडी जिल्लाहरूमा २६ फागुन र तराई मधेसका जिल्लाहरूमा २७ फागुनमा परेको छ। सरकारले होली पर्व मनाउन सार्वजनिक विदा दिँदै आएको छ।
वसन्तपुरमा चीर ठड्याएसँगै शुरू भयो होली
खबर एक्सप्रेस
फाल्गुन २०, २०७६
४७३


.gif)


