काठमाडौं - आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ ।

डा. केसीको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचापमा पनि कमी आएको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बताएका छन् । बुधबार बिहान डा. केसीको रक्तचाप ७०/५० मापन गरिएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै जुम्लाबाट १९औं सत्याग्रह सुरु गरेका डा. केसीले हाल त्रिवि शिक्षण अस्पतालमै सत्याग्रह जारी राखेका छन् । २४ दिनदेखि उनी अनसनमा छन् ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि हाल उपचारमा संलग्न चिकित्सकको टोली आन्तरिक परामर्शमा जुटेका छन् ।