लमजुङ  - उपनिर्वाचनको क्रममा देशका विभिन्न जिल्लाहरुमा जस्तै लमजुङमा पनि बम विस्फोट भएको छ । लमजुङको सुन्दरबजार नगरपालिका(२ मा मतदान भइरहँदा मतदान केन्द्र नजिकै बम विस्फोट भएको हो ।

महेन्द्र मन्दिर माविनजिकैको मतदान केन्द्रमा बम बिस्फोट भए पनि कुनै क्षति नभएको र मतदान प्रक्रिया अवरुद्ध नभएको प्रहरीले जनाएको छ । शनिबार बिहान मतदान भइरहेको बेला करिब ९ बजेर ५५ मिनेट जाँदा बम बिस्फोट भएको लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले जानकारी दिए ।

विस्फोट भए पनि मतदान जारी रहेको र २९ प्रतिशत मत खसेको गुरुङले जानकारी दिए । लमजुङमा सुन्‍दर बजार नगरपालिका वडा नम्बर २ को वडाध्यक्षका लागि मतदान भइरहेको छ । शनिबार भइरहेको उपनिर्वाचनको क्रममा दाङ, कास्की लगायतका जिल्लामा पनि बम विस्फोट भएको छ ।