काठमाडौं - उपत्यकामा थप एक हजार ४ सय १६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप  एक हजार ४ सय १६  जनामा संक्रमण पुष्टि भएको हो। 

त्यसमध्ये काठमाडौंका  एक हजार १ सय १५ जना, भक्तपुरका  एक सय १०  जना र ललितपुरका   १ सय ६१  जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। 

पछिल्लो २४ घण्टामा नेपालभर थप दुई हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै एक हजार ५ सय ५२ जना निको भइ घर फर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ।