को हुन् 'बस काण्ड'मा पक्राउ पर्ने युवक ?
काठमाडौं - सामाजिक संजालमा एक वर्ष अगाडि भाइरल बनेको बस काण्डमा संग्लन युवा पक्राउ परेका छन् । प्रहरीले सोमबार चितवनबाट पक्राउ गरेर काठमाडौ ल्याएपछि मंगलबार दिउँसो सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाल रहेका छन् ।
प्लस टुसम्म पढेको बताउने उनले सार्वजनिक बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बिर्य झारेका थिए । त्यो भिडियो सामाजिक सञ्जाल तथा पोर्न साइटहरुमा समेत अपलोड भएको थियो ।
प्रहरीकाअनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो गरेका थिए ।
तर भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले आलोचना गरे र, उनी २०१९ फेब्रुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए । त्यहाँ करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे । त्यहाँ पनि करिव ४ महिना बसेका उनी चितवन फर्किएका थिए ।
फेसबुक पेज Like गर्नुहोस