प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०० नाघ्यो
खबर एक्सप्रेस
२०७७-०२-०१ ०९:५७ मा प्रकाशित
Total Shares: 277
विराटनगर - प्रदेश नं २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक सय नाघेको छ ।
बिहिबार बिहान मात्रै सर्लाही, धनुषा र महोत्तरीमा थप ५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश २ को आठ जिल्लामध्ये सात जिल्लामा संक्रमण देखिएको छ । सिरहामा भने अहिलेसम्म संक्रमण फेला परेको छैन ।
हालसम्म पर्सामा ८५, बारामा ३, धनुषामा ५, रौतहटमा ३, महोत्तरीमा ४, सर्लाहीमा २ र सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर २ मा सबैभन्दा पहिले पर्साको वीरगन्जमा कोरोनाको पहिलो केस देखिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस