काठमाडौं - सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले ‘यूएसडी ई-कम’ कार्डको सुरुवात गरेको छ । 

नेपाल राष्ट्र बैँकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैँकले सो सुविधा प्रदान गर्न लागेको हो । यो सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बैँकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ । 

उक्त कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान बिबरण अद्मावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस अन्तर्गत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटिएमबाट नगद झिक्न तथा पिओएसमार्फत कारोबार गर्न भने पाइने छैन ।

सिटिजन्स बैंकडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।