नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ
खबर एक्सप्रेस
२०८१-११-०१ १२:३३ मा प्रकाशित
Total Shares: 49
काठमाडौं-प्रहरीले सुनसहित दुई जना भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन्।
उनीहरूलाई काँकडभिट्टाबाट आउँदै गरेका बेला सुनसहित पक्राउ गरिएको हो ।
बा.प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस