गठबन्धन प्रधानमन्त्री फेर्न मात्र होइन, राष्ट्रियताको रक्षा गर्न पनि : प्रचण्ड
खबर एक्सप्रेस
२०७८-०३-१० ०४:३८ मा प्रकाशित
Total Shares: 287
काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धनले प्रधानमन्त्री फेर्ने मात्रै खेल नखेलेको बताएका छन् ।
बिहिबार संसद भवनको ल्होत्से हलमा सम्पादकसँगको छलफलका क्रममा उनले सो कुरा बताएका हुन् ।
‘गठबन्धन केपी ओलीलाई हटाउन मात्रै होइन, संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षा गर्न पनि हो ।’ प्रचण्डले भने । उनले गठबन्धन संविधान, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षार्थ भएको बताए ।
फेसबुक पेज Like गर्नुहोस