१२ कोरोना संक्रमितलाई अस्पतालले भर्ना लिन मानेन
खबर एक्सप्रेस
२०७७-०१-०६ ०५:३३ मा प्रकाशित
Total Shares: 336
विराटनगर - उदयपुरको त्रियुगा नगरपालिकास्थित एक मस्जिदमा शुक्रबार भेटिएका कोरोना भाइरस (कोभिड–१९) का १२ संक्रमितलाई कोशी अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।
कोशी अस्पतालको कोरोना विशेष उपचार अस्पतालले भर्ना लिन नमानेपछि उनीहलाई प्रदेश–१ सरकारले स्थापना गरेको कोरोना विशेष अस्पताल भर्ना गरिएको छ ।
मस्जिदमा बस्दै आएका १६ मध्ये १२ जनामा कोरोना पुष्टि भएपछि उदयपुरको स्थानीय प्रशासनले कोरोनाको विराटनगर पठाएको थियो । जसमध्ये ४ जना भने मोरङको टाडीस्थित क्वारेन्टाइनमा छन् ।
फेसबुक पेज Like गर्नुहोस